माओवादी र समाजवादी निकट विद्यार्थी संगठन एकताका लागि ३ समिति
himalpress.com · Sat Jun 20 03:02:39 GMT 2026

काठमाडौँ- तत्कालीन माओवादी केन्द्र अखिल (क्रान्तिकारी) र तत्कालीन एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूबीच एकता अघि बढाउन तीन वटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ। विभिन्न कम्युनिस्ट घटक एक हुनुअघिका सम्बन्धित दल निकट विद्यार्थी संगठनबीच अहिले एकताका लागि पहल भइरहेको छ।
शुक्रबार बसेको एकतासम्बन्धी संयुक्त पदाधिकारी बैठकले संगठन एकतालाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित वार्ता तथा समन्वय, राजनीतिक तथा शैक्षिक प्रतिवेदन लेखन, र विधान मस्यौदा तयारीका लागि अलग–अलग कार्यदल गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (himalpress.com)