उद्योगका कामदारको गाडीको ठक्करबाट ज्यान गयो
barnanmedia.com · Sat Sep 12 02:43:32 GMT 2026

गाडीको ठक्करले शनिबार बिहान भरतपुरमा एकजना मजदुरको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका-८ मा रहेको सदगुण दाना फ्याक्ट्रीका कामदार चन्द्रबहादुर ठाडा मगरको ट्रकको ठक्करले ज्यान गएको हो ।
भरतपुर महानगरपालिका-५ बस्ने ३४ वर्षका चन्द्रबहादुर फ्याक्ट्रीकै गेटमा सुतेको अवस्थामा उक्त घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र भुसन यादवले बताए ।
Read full story at source (barnanmedia.com)