‘व्यवसायी थुन्ने होइन, जरिवाना तिराएर सुधार्नु पर्छ’
annapurnapost.com · Sat Sep 12 02:48:09 GMT 2026

काठमाडौं : लगानीको वातावरण खस्किएको, सरकारी निकायका प्रक्रियागत झन्झट बढेको र अनुसन्धान तथा नियमनकारी निकायको कानुनी त्रासले निजी क्षेत्र हतोत्साहित भएको गुनासोबीच प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी–व्यवसायीलाई ‘ढुक्क भएर लगानी गर्नुस्, सरकार बाधक होइन सहजीकरणकर्ता बन्छ’ भन्ने सन्देश दिएका छन् ।
निजी क्षेत्रका शीर्ष व्यवसायीसँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको झन्डै दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री शाहले लगानीमा बाधक देखिएका कानुन संशोधन गर्नेदेखि दुर्गम क्षेत्रमा उद्योग खोल्नेलाई सडक, पुल र बिजुलीजस्ता आधारभूत पूर्वाधार सरकारले पुर्याइदिने प्रस्तावसम्म अघि सारेका छन् ।
Read full story at source (annapurnapost.com)