गाजा युद्धमाथि बनाइएको डकुमेन्ट्री ‘नाजा’ भेनिस फिल्म फेस्टिभलमा चर्चा बटुल्दै
kendrabindu.com · Sat Sep 12 02:56:49 GMT 2026

भेनिस, इटाली । भेनिस फिल्म फेष्टिभलमा बिहिबार साँझ वर्ल्ड प्रिमियिर गरिएको डकुमेन्ट्री ‘नाजा’ ले गाजा युद्धका क्रममा प्यालेस्टिनी नागरिकमाथि इजरायली सेनाले गरेको बर्बर दमन र पाशविक हत्याको खुलासा गरेको छ । इजरायली सेनाभित्रकै २४ सैनिक तथा गुप्तचरहरूले युद्ध क्रममा भएको प्यालेस्टिनीहरूको हत्याबारेमा दिएको बयानलाई समेटेर निर्देशकद्वय युवाल अब्राहम र राचेल जोरले यो डकुमेन्ट्री बनाएका हुन् । यिनै इजरायली निर्देशकद्वयले संयुक्तरूपमा बनाएको डकुमेन्ट्री ‘नो अदर ल्यान्ड’ ले यसअघि नै ओस्कर पुरस्कार जित्न सफल भएको थियो ।
विगत तीन वर्षदेखि तेल अभिभका घरका छतहरूबाट गोप्य रूपमा यसको छायांकन गरिएको हो । डकुमेन्ट्रीमा अन्तर्वार्ता दिने सैनिकहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूको अनुहार र आवाजलाई डिजिटल प्रविधिमार्फत परिवर्तन गरी पहिचान गुप्त राखिएको छ । डकुमेन्ट्रीको शीर्षक ‘नाजा’ लाई निर्देशकद्वयले महिला र बालबालिकासहित सर्वसाधारणको हताहतलाई जनाउन इजरायली सेनाले प्रयोग गर्ने सांकेतिक कोड ‘एक्रोनिम’ बाट राखिएको बताइएको छ ।
Read full story at source (kendrabindu.com)