पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा
lokaantar.com

प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचना प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द-शिल्पी हुन् । शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।
Read full story at source (lokaantar.com)