बाढीमा भाइ डुब्यो हरायो अटवारीको खुसी
gorkhapatraonline.com · Sat Sep 12 04:09:34 GMT 2026

माइतीबाट दाइभाइले अटवारीको अग्रासन ल्याएर आउँदा थारू समुदायका चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ । दाइभाइ पनि आफ्ना चेलीबेटीलाई अग्रासन दिन पाउँदा उत्तिकै खुसी हुन्छन् ।
तुलसीपुर उपमहानगरपालिकाको हरिपौरीकी रीता चौधरीको आँखा भाइको बाटोतिर छ । यस वर्ष यो पर्वको बेला सीताको त्यो खुसी हराएको छ । थारू समुदायले यही भदौ २८ गते अटवारी मनाउँदै छन् । अटवारीमा घर आउने कुरा गरेका भाइ बजारु चौधरी र उहाँकी श्रीमती सीमा चौधरी भोटेकोशी बाढीपछि १७ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ । भाइबुहारीको बाटो हेर्दै बसेकी सीतालाई यस पटक अटवारीको अग्रासनभन्दा उहाँहरू सकुशल फर्किएर आउने प्रतीक्षा छ ।
Read full story at source (gorkhapatraonline.com)