सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
news24nepal.tv · Wed May 27 09:31:01 GMT 2026
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ। मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो ।
यसअघि २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको लागि सम्झौता गरेको थियो । त्यो सम्झौताको केही समय बाँकी नै रहँदा नै ब्रिजले सन्दीपसँग सम्झौता नविकरण गर्दै थप पाँच वर्षको लागि सम्झौता गरेको हो ।
Read full story at source (news24nepal.tv)