वर्षौंदेखि सवारी कर नतिर्नेलाई कोशीमा छुट, लगत कट्टामा पनि सहुलियत
annapurnapost.com · Sat Sep 12 04:11:18 GMT 2026

विराटनगर : कोशी प्रदेश सरकारले वर्षौंदेखि सवारी कर नतिरेका एवं ब्लुबुक नवीकरण नगरेका सवारीधनीलाई बक्यौता व्यवस्थापन गर्न छुट सुविधा दिएको छ ।
प्रदेश सरकारले आर्थिक ऐन, २०८३ मार्फत लामो समयदेखि कर नतिरेका, सञ्चालनमा नरहेका र प्रयोगविहीन सवारीसाधनको कर तथा जरिबाना व्यवस्थापनमा सहुलियत दिएको हो । प्रदेश राजस्व कार्यालय इटहरीका प्रमुख विदुर पौडेलका अनुसार तीन वर्षभन्दा बढी समयदेखि सवारी कर वा ब्लुबुक नवीकरण गर्न बाँकी रहेका सवारीधनीले पछिल्लो तीन वर्षको कर, नवीकरण दस्तुर र जरिबाना बुझाएपछि त्यसअघिको अवधिको जरिबाना तिर्नुपर्ने छैन । यो सुविधा २०८४ जेठ मसान्तसम्म लिन सकिने पौडेलले बताए ।
Read full story at source (annapurnapost.com)