भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
nepallive.com · Sat Sep 12 04:27:34 GMT 2026

रामेछाप– उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए। रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए। हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो।
तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो। हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए। त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो।
Read full story at source (nepallive.com)