सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
nagariknews.nagariknetwork.com · Sat Sep 12 04:30:05 GMT 2026

आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा। राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फेर्केर हेर्ने मान्छेहरू छक्क पर्छन्। पहिलापहिला मान्छे र घोडा तथा खच्चडले बोक्ने सामग्री आजभोलि ड्रोनले ओसार्दा स्थानीयको नजर त्यसैमा ठक्क अडिन्छ।
यही भदौ १० गते रसुवा भोटेकोशी बाढीले भत्किएका सडक र पुल अनि अन्य संरचनाको भग्नाशेषहरू जमिनमा र त्यही जमिनमाथि राहत बोकेर उक्त स्थानमा ड्रोन उडिरहेको देखिन्छ। बाढीले जमिनको बाटो बन्द गरिदिएपछि यही आकाश अहिले दुर्गम बस्तीका लागि राहतको बाटो बनेको छ। भोटेकोशीको भेलले गाउँपालिकालाई बाहिरी दुनियाँबाट लगभग अलग पारेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव बढ्दै गयो। भोकसँग जुधिरहेका परिवारका लागि ड्रोनले ओसारेको राहत प्रभावित क्षेत्रका लागि ठूलो सहारा बनेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)