उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
nepalnews.com · Wed May 27 09:58:00 GMT 2026

काठमाडौँ। मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ।
विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६.१ प्रतिशत रहेको छ।
Read full story at source (nepalnews.com)