बा भन्नुहुन्थ्यो- सके सबैको भलो गर्नू, नसके कुभलो नगर्नू
saralpatrika.com · Sat Sep 12 04:48:32 GMT 2026

बा भनेको बा, थाहा पाउँदैछु, बाको विकल्प अर्को कोही हुन नसक्ने रहेछ। बाको विकल्प पनि बा नै हुने रहेछ। बा हुनुहुन्थ्यो र त हामी भयौँ अनि हामी छौँ र हाम्रा सन्ततितन्तु फैलिँदै छन्, झन् फैलने छन् भविष्यमा।
एउटा समय थियो, बा हुनुहुन्थ्यो र म निस्फिक्र थिएँ। बा र आमा हुँदासम्म लाग्थ्यो, म बालक हुँ। ‘बाबु’ भनेर बोलाउँदा ‘हजुर…’ भन्न पाएको थिएँ। न खानको चिन्ता, न लाउनको। चिन्तारहित जीवन- यस्तो जीवन त बाआमाको काखमा मात्र पाइने रहेछ।
Read full story at source (saralpatrika.com)