विपद् व्यवस्थापनमा सरकार अहंकारी भयो : प्रचण्ड
kendrabindu.com · Sat Sep 12 04:48:27 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीसँग उनले रसुवा, नुवाकोट क्षेत्रमा निम्तिएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् ।
“रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको भयानक बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ, यो सामान्य प्राकृतिक विपत्ति होइन,” उनले भने, “जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका गम्भीर असरको यो एउटा उदाहरण हो ।”
Read full story at source (kendrabindu.com)