आलेखः सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
barnanmedia.com · Sat Sep 12 04:49:49 GMT 2026

आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा । राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उठेको ड्रोन अकाश फेर्केर हेर्ने मान्छेहरू छक्क पर्छन् । पहिलापहिला मान्छे र घोडा तथा खच्चडले बोक्ने सामग्री आजभोलि ड्रोनले ओसार्दा स्थानीयको नजर त्यसैमा ठक्क अडिन्छ ।
यही भदौ १० गते रसुवा भोटेकोशी बाढीले भत्किएका सडक र पुल अनि अन्य संरचनाको भग्नाशेषहरू जमिनमा र त्यही जमिनमाथि राहत बोकेर उक्त स्थानमा ड्रोन उडिरहेको देखिन्छ । बाढीले जमिनको बाटो बन्द गरिदिएपछि यही आकाश अहिले दुर्गम बस्तीका लागि राहतको बाटो बनेको छ । भोटेकोशीको भेलले गाउँपालिकालाई बाहिरी दुनियाँबाट लगभग अलग पारेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव बढ्दै गयो । भोकसँग जुधिरहेका परिवारका लागि ड्रोनले ओसारेको राहत प्रभावित क्षेत्रका लागि ठूलो सहारा बनेको छ ।
Read full story at source (barnanmedia.com)