गैंडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
annapurnapost.com · Sat Sep 12 04:49:40 GMT 2026

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को गैंडाकोटमा दुई वटा बस एकापसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ६:५० बजे दुर्घटना भएको हो। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
Read full story at source (annapurnapost.com)