प्रचण्ड,बादल र महेश माथि गोकुल बाँस्कोटाको कटाक्ष : सपना देख्न देऊ, नबिउँझाऊ’
barnanmedia.com · Sat Sep 12 05:03:09 GMT 2026

काठमाडौँ। नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव महेश बस्नेत र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि एकसाथ तिखो राजनीतिक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले उनीहरूको पछिल्लो राजनीतिक मनोविज्ञानलाई ‘नोस्टाल्जिक आनन्द’ को संज्ञा दिएका छन्। एमालेभित्र पुनर्गठन कार्यदलको प्रतिवेदन विवाद र बदलिँदो राजनीतिक परिदृश्यतर्फ संकेत गर्दै उनले बादललाई तत्कालीन माओवादीको ‘चुनवाङ बैठक’ को झल्कोले सताएको टिप्पणी गरे।
Read full story at source (barnanmedia.com)