यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
ratopati.com · Sat Sep 12 05:22:30 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ।
पूर्वानुमान अनुसार आजदेखि तीन दिनसम्म कोशी र नारायणी जलाधार क्षेत्रका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकी नदीहरूमा जलसतह उल्लेख्य बढ्ने छ।
Read full story at source (ratopati.com)