एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती
khabarhub.com · Sat Sep 12 05:20:30 GMT 2026
काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स (युएई)लाई ३१४ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नाै विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भए । पाँचौक्रममा ब्याटिङ गर्न आउका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।
Read full story at source (khabarhub.com)