सल्यान जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते दाङ रिफर
aarthiknews.com

सल्यान । सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ की १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्। जिल्ला अस्पताल खलंगामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दीपक पातलीले जानकारी दिए।
Read full story at source (aarthiknews.com)