आसिफको शतकीय पारीमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य
annapurnapost.com · Sat Sep 12 05:26:54 GMT 2026
काठमाडौं : एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईलाई ३१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतकीय पारी खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रन बनाए। पहिलो विकेटका लागि अर्का ओपनर अर्जुन कुमालसँग उनले ९७ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अर्जुन कुमाल ४३ रन बनाउँदै रन आउट भए। वान डाउनमा आएका इशान पाण्डेले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ४० रन बनाए।
Read full story at source (annapurnapost.com)