एक अर्ब थप लगानी गर्दै नेपाल क्यान्सर हस्पिटलको ठूलो विस्तार
newsofnepal.com · Thu Jun 04 09:57:23 GMT 2026

काठमाडौं
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धि ललितपुरले चालु आर्थिक वर्षभित्र थप १०० करोड रुपैयाँ (एक अर्ब) लगानी गर्दै देशकै अत्याधुनिक तथा सम्पूर्ण सुविधा सम्पन्न विशिष्टीकृत क्यान्सर अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । अस्पतालले आगामी तीन वर्षभित्र आफूलाई ‘कम्प्रिहेन्सिभ क्यान्सर अस्पताल’ का रूपमा विकास गर्दै क्यान्सरको सम्पूर्ण परीक्षण, निदान र उपचार सेवा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
Read full story at source (newsofnepal.com)