किसानका समस्या बुझ्दै मिराज
barnanmedia.com · Sat Jun 20 06:28:44 GMT 2026

जेनजी अभियन्ता मिराज ढुंगानाले बागलुङका कृषकहरुसँग भेटेका छन् । देश दौडाहामा रहेका उनले बागलुङका किसानहरुसँग भेटघाट गरेर उनीहरुको समस्या बुझेका हुन् । कृषकहरुले बाँदर आतंकका कारण खेतीपाती गरेर खान सक्ने वातावरण नभएको गुनासो पोखेको उनले बताए ।
‘बागलुङमा कृषकहरुसँग भेटघाट गरियो । रोजगारीको अवसर नहुँदा त्यहाँका अधिकांश घरपरिवार खेतीपातीमा आश्रित रहेछ । तर, बाँदर आतंकले गर्दा कृषि गरेर खाने अवस्था नभएको उहाँहरुको गुनासो थियो । बाँदर आतंककै कारण कतिपय गाउँ त खाली भइसकेको रहेछ’,उनले भने ।
Read full story at source (barnanmedia.com)