भोटेकोशी बाढीमा बेपत्ता घिमिरेको कुशको शव बनाएर दाहसंस्कार
gorkhapatraonline.com · Sat Sep 12 05:52:33 GMT 2026

भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता हुनुभएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरेको कुशको शव बनाएर हिन्दू धर्म परम्पराअनुसार स्थानीय त्रियुगा नदी किनारको घाटमा दाहसंस्कार गरिएको छ ।
बाढीमा बेपत्ता भएको १८ दिन बितिसक्दा पनि छोरा सम्पर्कमा नआएको र खोजतलास गर्दा पनि कतै फेला नपरेपछि सनातन धर्म परम्पराअनुसार कुशको शव बनाएर त्रियुगा नदीको घाटमा अन्तिम संस्कार गरिएको घिमिरेका बुवा उद्धव घिमिरेले बताउनुभयो । उहाँका अनुसार शनिबारदेखि १३ दिने काजक्रिया सुरु गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)