भग्नावशेष त्रिशूली किनार : अस्तव्यस्त छ जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ (तस्बिरहरू)
ratopati.com · Sat Sep 12 06:01:20 GMT 2026

नुवाकोट । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका स्थानीयको जनजीवन पछिल्लो १७ दिनदेखि अस्तव्यस्त छ । कति सिङ्गो परिवार नै बेपत्ता छन् । जीवित नै भएका कतिपयले परिवारका सदस्य गुमाएका छन् ।
परिवार सबै सकुशल रहेकाहरूको पनि जीवनभर कमाइ गरेर जोडेको घर, महत्त्वपूर्ण कागजात, बहुमूल्य धातु भग्नावशेष बनेको छ । बाढीबाट घर, परिवार गुमाएकाहरू कोही आफन्तकहाँ शरण लिइरहेका छन्, कोही होल्डिङ सेन्टरमा छन् ।
Read full story at source (ratopati.com)