सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
ratopati.com · Sat Sep 12 06:07:28 GMT 2026

सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ६, का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका- ५, का अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार, शनिबार बिहान सिम्क भन्ने ठाउँबाट लुहामतर्फ हुँदै दाङ जान लागेको लु.प्र.०२–००१ ज००५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटरभन्दा तल खसेको थियो ।
Read full story at source (ratopati.com)