नसरेको समय
annapurnapost.com · Sat Sep 12 06:00:57 GMT 2026

रातको ११ बजेर ५५ मिनेट। सिरानीछेउ राखिएको मोबाइलमा अलार्म बज्यो। निद्रा खुलाउन होइन, यो अलार्म उसले वर्षौंदेखि समयसँग भेट गर्न मिलाउँदै आएको थियो। मोबाइल बन्द गर्यो। कोठाभित्र गहिरो सन्नाटा थियो। भित्तामा झुन्डिएको घडीको सेकेन्ड सुईमात्र आफ्नो कर्तव्यमा व्यस्त थियो।
टिक... टिक... टिक... टिक... ऊ घडीतिर हेरिरहेको थियो। मानौं, समय बगिरहेको थिएन, उसकै जीवनलाई गनिरहेको थियो। बिस्तारै ऊ उठ्यो। ऐनासामु पुगेर उभियो। ऐनाले अनुहार देखायो। उसले अनुहार हेरेन। उसले समय हे¥यो। आँखाको छेउमा कोरिएका रेखाहरू, निधारका चाउरीहरू, ओठको थकित मुस्कान... यी सबै कुनै उमेरका चिह्न थिएनन्। यी त जीवनले लेखेका हस्ताक्षर थिए।
Read full story at source (annapurnapost.com)