जेनजी प्रदर्शनमा सेनाको कमजोरी : मानवअधिकार आयोग
himalpress.com · Wed May 27 11:38:17 GMT 2026

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी औँल्याएको छ। घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको समितिले जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी देखिएको ठहर गरेको हो।
भदौ २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संरचनामा क्षति पुग्नुमा नेपाली सेनाको कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ,‘…सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनसमेतमा तोडफोड तथा आगजनी गरी जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ सो हुनुमा नेपाली सेनाको पनि कमीकमजोरीहरू देखिएको।’
Read full story at source (himalpress.com)