मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
ratopati.com · Sat Jun 20 07:08:56 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।
प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिस्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिस्ट्रेशनबाट रु एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट रु दुई अर्ब एक करोड ५० लाख ५० हजार राजस्व सङ्कलन भएको मधेस प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए ।
Read full story at source (ratopati.com)