नेपाल–चीन सम्बन्ध थप बलियो बनाउन सम्पर्क सञ्जाल र विकास परियोजनामा जोड दिनुपर्छ : खनाल
kendrabindu.com · Sat Sep 12 06:20:14 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले दुई देशबीच सहमति भएका विकास परियोजनालाई समयमै अघि बढाउनुका साथै विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए ।
काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रममा बोल्दै खनालले बदलिँदो विश्व परिस्थितिमा नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने धारणा व्यक्त गरे ।
Read full story at source (kendrabindu.com)