अधिकार र कर्मचारी नदिई प्रदेश असफल भयो भन्ने भाष्य बनाइयो : सांसद मिश्र
ratopati.com · Sat Sep 12 06:38:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले सङ्घ सरकारले सबै अधिकार आफैँसँग राखेर प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाएका छन् । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो आरोप लगाएका हुन्।
प्रदेश र स्थानीय तहले प्राप्त अधिकारअनुसार गरिरहेको काममा समेत सङ्घीय सरकारले हस्तक्षेप गरिरहेको उनले उल्लेख गरे । अब सङ्घीयताको आवश्यकतामाथि बहस गर्नुभन्दा संविधानले दिएको अधिकार अनुसार प्रदेश र स्थानीय तहलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा केन्द्रित हुनुपर्ने धारणा उनले राखे ।
Read full story at source (ratopati.com)