राज्यले लगानीको अभिभावकत्व लिने व्यवस्था संविधानमा राख्नुपर्छः पाण्डे
corporatenepal.com · Wed May 27 11:53:23 GMT 2026

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताएका छन् । राज्यले लगानीको अभिभावकत्व लिने संवैधानिक प्रत्याभूति हुनुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलका संयोजक असिम शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा पाण्डेले आर्थिक विकास र उद्यमशीलता प्रवद्र्धनका लागि संविधानले नै लगानी संरक्षण, सुरक्षा र सम्मानको ग्यारेण्टी गर्नुपर्ने बताए ।
Read full story at source (corporatenepal.com)