विश्वकपमा जसले मुख छोपेर बोल्दा सिधै रेड कार्ड पाए, इतिहासमा नाम लेखाए !
shilapatra.com · Sat Jun 20 07:43:00 GMT 2026
सामान्यताः फुटबलमा गम्भीर फाउल र अनुशासन उल्लंघनमा सिधै रेड कार्ड दिने अभ्यास भए पनि शनिबार बिहान भएको खेलमा पनि भने अनौठो भयो । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को पाराग्वे र टर्कीबीचको खेलमा कुनै भौतिक प्रहार नभई बोलेकै आधारमा सिधै रेड कार्ड देखाइएको हो ।
पाराग्वेका मिडफिल्डर मिगुएल अल्मिरोनले मुख छोपेर बोलेकै आधारमा सिधै रेड कार्ड पाएका हुन् । मुख छोपेर विपक्षीसँग बोलेका कारण रातो कार्ड पाउने उनी विश्वकै पहिलो खेलाडी बन्न पुगे । टर्कीविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर भएको विवादपछि रेफ्रीले उनलाई रेड कार्ड दिँदै बााहिर पठाएका हुन् ।
Read full story at source (shilapatra.com)