फेन्सिङ संघको महासचिवबाहेक सबै पदमा निर्विरोध
ekantipur.com · Wed May 01 16:39:59 UTC 2024
काठमाडौँ — नेपाल फेन्सिङ संघको पाँचौं चुनावी साधारणसभाले सुनिलकुमार श्रेष्ठलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । राजधानीमा बुधबार सम्पन्न सभामा महासचिवबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको थियो । महासचिवमा सुजनलाल श्रेष्ठ निर्वाचित भए । उनले अभिषेक कार्कीलाई हराएका थिए ।
सुजनलालल २७ र अभिषेकले ८ मत पाएका थिए । यसअघि सुजनलाल महासचिव र अभिषेक सचिवमा थिए । अभिषेक फेन्सिङका प्रशिक्षक पनि हुन् ।
Read full story at source (ekantipur.com)