दैलेखमा पेस्तोलसहित दुई जना पक्राउ
ratopati.com · Sat Sep 12 07:01:54 GMT 2026

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सोधपुछ गर्दा दैलेखको आठबीस नगरपालिका–४ राकम खोलीबजार नजिक खोल्सामा स्वचालित हतियार लुकाइछिपाइ राखेको खुलेको थियो।
Read full story at source (ratopati.com)