मनिषले सम्हाले तरुण दल अध्यक्षको जिम्मेवारी
nepalpress.com · Wed May 27 12:21:44 GMT 2026

काठमाडौं । नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष मनिष कोइरालाले आज केन्द्रीय कार्यालय पुगेर जिम्मेवारी सम्हालेका छन् । पदभार ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष विद्वान गुरुङले कोइरालालाई खादा र माला लगाएर बधाईसहित कार्यकाल सफलताको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष गुरुङले नवनियुक्त अध्यक्ष कोइरालाको नेतृत्वमा तरुण दलले अब गति लिने विश्वास व्यक्त जनाए । संगठनभित्र सबै पक्षलाई मिलाएर आगामी ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने उनको विश्वास छ ।
Read full story at source (nepalpress.com)