कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
ratopati.com · Sat Sep 12 07:10:29 GMT 2026

कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या ७ हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार ४ सय पुगेको छ ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्थासम्बन्धी पछिल्लो विवरणअनुसार सेप्टेम्बर १० सम्म ७ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण तीन हजार ३ सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् ।
Read full story at source (ratopati.com)