हिमालय साझा पर्यावरणीय सम्पदा होः परराष्ट्रमन्त्री खनाल
gorkhapatraonline.com · Sat Sep 12 07:11:32 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रुपमा हेर्नुपर्नेमा जोड दिनु भएको छ । काठमाडौँमा शनिबार सुरु भएको तेस्रो ‘काष्ठमण्डप संवाद’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक सत्रको मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले दुई देशबिचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रुपमा व्याख्या गर्नुभएको हो ।
भोटेकोशीको हालैको बाढीले विनाश गरेको नेपाल र चीनबिचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हिमालयलाई हामीलाई अलग गर्ने अवरोधका रूपमा होइन, सामूहिक संरक्षण आवश्यक पर्ने साझा आश्रयस्थलका रूपमा स्वीकार गर्नुपर्छ।”
Read full story at source (gorkhapatraonline.com)