भोटेकोशी विपद्: बाढीपीडितका लागि कर्मचारीको तलब काटिने, सम्पूर्ण बिदा र काज तत्काल रद्द!
barnanmedia.com · Sat Sep 12 07:02:18 GMT 2026

रसुवाको भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितहरूको राहत र उद्धारका लागि कर्मचारीहरूले तलब काटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् बाढीपछिको राहत तथा पुनर्स्थापना कार्यमा योगदान पुर्याउन संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको तलबबाट २ देखि १० दिनसम्मको रकम कट्टा गरी उद्धार कोषमा जम्मा गर्ने भएका हुन्।
मुख्य सचिवको नेतृत्वमा बसेको सचिव बैठकको निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको २ दिन, राजपत्र अनंकित वा सो सरहका कर्मचारीको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको ७ दिन र प्रथम तथा विशिष्ट श्रेणीका कर्मचारीको १० दिन बराबरको तलब कट्टा गरिनेछ।
Read full story at source (barnanmedia.com)