किसान सूचीकरण कार्यक्रम: २३ लाखभन्दा बढी घरधुरी सूचीकृत
corporatenepal.com · Wed May 27 12:37:36 GMT 2026

काठमाडौँ । सरकारले वास्तविक किसानलाई अनुदान प्रदान गर्ने उद्येश्यले संचालन गरेको किसान सुचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका २३ लाख किसान आवद्ध भएका छन् । आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म २३ लाख ८३ हजारभन्दा बढी किसान यस कार्यक्रममा जोडिएका छन् ।
कृषि अनुदानका कार्यक्रमलाई थप पारदर्शी र व्यवस्थित बनाउन, कृषि सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण गर्न र कृषकले प्राप्त गर्ने सुविधाहरूमा दोहोरोपना हुन नदिन यो कार्यक्रम देशव्यापी रूपमा सञ्चालनमा ल्याइएको हो।
Read full story at source (corporatenepal.com)