विद्यालय हिँडेका बालक सात दिनदेखि बेपत्ता
shilapatra.com · Wed May 27 12:42:00 GMT 2026

महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय बालक गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन् । विद्यालय जान घरबाट निस्किएका उनी हालसम्म सम्पर्कमा नआएको पारिवारले जनाएको छ ।
परिवारका अनुसार गौतम ७ जेठमा बिहान करिब ६ बजे जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन अंग्रेजी बोर्डिङ स्कुल जान घरबाट निस्किएका थिए । तर, विद्यालय समय सकेर पनि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
Read full story at source (shilapatra.com)