‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी
nepalnews.com · Sat Jun 20 08:24:57 GMT 2026

सुनसरी । जिल्लाको हरिनगर गाउँपालिका–३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब रु. आठ लाख लागतमा खेती सुरु गरेको हो।
मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ। बाँकी खर्च पिलर, टायररहोल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए। “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उनले भने।
Read full story at source (nepalnews.com)