बाढी पीडितको सहयोगमा जेनजी अभियान : रसुवामा ४३ परिवारलाई राहत
ratopati.com · Sat Sep 12 07:48:11 GMT 2026

रसुवा । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूले रसुवामा राहत वितरण गरेका छन् । अभियन्ताहरूले जिल्लाको कालिका गाउँपालिका वडा नं–२ मा रहेका ४३ परिवारलाई राहत सामग्री वितरण गरेका हुन्।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण उक्त वडाका ४३ परिवार प्रभावित भएका थिए । कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा तथा उक्त गाउँपालिका वडा नं. २ का अध्यक्ष उमेश न्यौपानेको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
Read full story at source (ratopati.com)