सल्यानमा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
annapurnapost.com · Sat Sep 12 07:52:31 GMT 2026

वीरेन्द्रनगर : सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका वडा नं ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो ।
वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार चिकित्सकले वलीलाई बिहान ११ : ५५ बजे मृत घोषणा गरेका हुन् ।
Read full story at source (annapurnapost.com)