जलवायु न्याय र नेपाल: विपत्तिको मूल्य कसले चुकाउने?
ratopati.com · Sat Sep 12 08:15:00 GMT 2026

जलवायु परिवर्तन आज मानव सभ्यतासामु उभिएको सबैभन्दा गम्भीर विश्वव्यापी चुनौती हो। यसको असर संसारभर देखिन थालेको छ। विश्वव्यापी रूपमा तापक्रम बढिरहेको छ, हिमनदीहरू पग्लिरहेका छन् भने हिमताल विस्फोट, बाढी, पहिरो, खडेरी, वन डढेलो र अन्य चरम मौसमी घटनाहरू बढ्दै गइरहेका छन्।
तर, जलवायु परिवर्तनको प्रभाव र यसको जिम्मेवारी सबै देशमा समान छैन। औद्योगिक क्रान्तिपछि विकसित राष्ट्रहरूले ठूलो मात्रामा जीवाश्म इन्धनको प्रयोग गरे। आर्थिक विकास र औद्योगिकीकरणसँगै उनीहरूको हरितगृह ग्यास उत्सर्जन पनि अत्यधिक भयो।
Read full story at source (ratopati.com)