कांग्रेसको राजनीतिक भविष्य
ratopati.com · Sat Sep 12 08:19:48 GMT 2026

राजनीतिक दल भनेका सार्वजनिक सम्पत्ति हुन् । नागरिकले गर्ने समर्थन नै दलको मूल पुँजी हो । दलले नै आमनागरिकको प्रतिनिधित्व गर्दै आएका छन् । नागरिक आवाज मुखरित होउन् भनेरै राजनीतिक दलको परिकल्पना गरिएको हो । कुनै दलप्रति आबद्ध भएका/नभएका नागरिकसँग पनि दलको विश्वासपूर्ण सम्बन्ध भइरहनु पर्छ, किनकि निर्वाचनमा दलकै उम्मेदवारलाई मत दिने हो ।
त्यसैले पनि दलहरू नागरिकप्रति जबाफदेही बन्न आवश्यक छ । नागरिकसँग दूरी बढ्यो भने दलीय व्यवस्थामाथि प्रश्न उठ्न थाल्छ । हरेक दलले कुनै पनि निर्णय गर्दा नागरिकप्रति उत्तरदायी र जबाफदेही हुनै पर्छ । नत्र राणा वा पञ्चायत नै निरन्तर चलिरहन्थ्यो, माथिबाट जे आदेश हुन्छ, त्यही अन्तिम सत्य ।
Read full story at source (ratopati.com)