दुबईमा अलपत्र परेका एक नेपालीको उद्धार गर्न मन्त्री पुनको आग्रह
ratopati.com · Sat Sep 12 08:20:38 GMT 2026

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गरेका छन् । शनिबार आफ्नो फेसबुकमार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।
मन्त्री पुनले सुनिल लुंगेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुँदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन सक्नुहुन्छ ? भन्दै स्ट्याटस लेखेका छन् । यद्यपि, मन्त्री पुनले उद्धार गर्न आग्रह गर्दा उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कार्यस्थलमा रोजगारदाता कम्पनीले लुंगेली मगरको राहदानी खोसेर राखिदिएपछि उनी अलपत्र परेको मन्त्री पुनले बताएका छन् ।
Read full story at source (ratopati.com)