भोटेकोशीबाट बेपत्ता भएका देवेन्द्रको १८ दिनमा कुशको शव बनाई अन्तिम दाहसंस्कार
annapurnapost.com · Sat Sep 12 08:11:45 GMT 2026

उदयपुर : १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।
‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर बसेको छ कि भन्ने जीवित आशामा हामी सबै रह्यौं।’ बुवा उद्धव घिमिरेले भने,‘राज्यका संम्यन्त्रबाट पनि निरन्तर खोजि कार्य जारी रह्यो, कहीँबाट परिणाम सकारात्मक आउने संकेत नदेखिएपछि १८ औँ दिनमा परम्परा अनुसार विधिपूर्वक अन्त्येष्टि गरेऊ।’
Read full story at source (annapurnapost.com)