नागरिक लगानी कोष र नबिल बैंकबीच वित्तीय सम्झौता
gorkhapatraonline.com · Wed May 27 13:44:52 GMT 2026

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छविरामण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतामा योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने उल्लेख छ । जसअनुसार बैंकका कर्मचारीले मासिक वा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ भने बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।
Read full story at source (gorkhapatraonline.com)