बाढीका कारण १७ बैंक शाखामा ७२ करोड बढीको क्षति
nepalnews.com · Sat Sep 12 08:32:23 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखामा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार यसबाट कुल ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति कृषि विकास बैंकमा भएको छ, जसको एउटा शाखामा ६५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ। यसबाहेक सिटिजन बैंकको एउटा शाखामा १ करोड ५६ लाख, लक्ष्मी सनराइज बैंकको एउटा शाखामा १ करोड १२ लाख, एनआइसी एसिया बैंकका तीन वटा शाखामा ८८ लाख, हिमालय बैंकको एउटा शाखामा ७५ लाख, माछापुच्छ्रे बैंकको एउटा शाखामा ७५ लाख र उत्तरगयामा प्रभावित बैंकको एउटा शाखामा ७५ लाख रुपैयाँ क्षति पुगेको छ।
Read full story at source (nepalnews.com)