बहिरा संघ गण्डकीको भवन भत्किएको विषय प्रदेशसभामा
baahrakhari.com · Wed May 27 14:04:23 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचना डोचर प्रयोग गरी हटाइरहेको छ । बुधबारसम्म १०५ वटा संरचना हटाइएको महानगरले जनाएको छ ।
त्यसरी हटाइएका संरचनामा बहिरा संघ गण्डकीको कार्यालय पनि थियो । बुधबार यो विषय गण्डकी प्रदेशसभामा उठ्यो । कांग्रेस सांसद सुनिता थापाले भवन भत्काइएकोमा आपत्ति जनाइन् । उनी आफैँ पनि सुन्न सक्दिनन् । प्रदेशसभा बैठकमा आकस्मिक समय लिएर थापाले अपांगता भएका नागरिकहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिन् ।
Read full story at source (baahrakhari.com)